एजेन्सी । इंग्ल्यान्डको काउन्टी क्रिकेट क्लब समरसेटले दक्षिण अफ्रिकाका भेट्रान बलर भेर्नोन फिलान्डरसँगको सम्झौता रद्द गरेको छ ।
कोरोना भाईरसको महामारीको कारण यस सिजनको च्याम्पियनसिप स्थगित भएपछि क्लबले फिलान्डरसँगको सम्झौता रद्द गरेको हो ।
समरसेटले बलर फिलान्डरसँग आपसी समझदारीमा सम्झौता रद्द गरेको जनाएको छ ।
३४ वर्षे फिलान्डरलाई क्लबले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको थियो ।
कोरोनाको कारण इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जुलाई १ सम्मका लागि स्थगित गरेको छ ।
फिलान्डरले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
दक्षिण अफ्रिकाका लागि फिलान्डरले ६४ टेष्ट, ३० एकदिवसीय र ७ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।