एजेन्सी । श्रीलंकाका कप्तान दिमुथ करुनारत्ने टिमको मुख्य लक्ष्य अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरीयता सुधार गर्नु भएको बताएका छन् ।
करुनारत्नेले टेष्ट र एकदिवसीय क्रिकेटको वरीयता सुधार गर्दै शीर्ष चारमा रहनु टिमको लक्ष्य भएको बताएका हुन् ।
'वरीयता, वरीयता नै मुख्य शब्द हो,' करुनारत्नेले भने भने, 'म भन्छु श्रीलंका केवल एकदिवसीय र टेष्टको शीर्ष चारमा हुनुपर्छ ।'
आईसीसीले सार्वजनिक पछिल्लो वरीयता अनुसार श्रीलंका टेष्टको पाँचौं स्थानमा रहेको छ । यस्तै एकदिवसीयमा आठौं र टी-ट्वान्टीमा सातौं स्थानमा रहेको छ ।
शीर्ष चारमा पुग्नु भनेको कुनैपनि प्रतियोगिताको सेमिफाइनलमा रहनु जस्तै भएको र शीर्ष चारमा पुग्ने च्याम्पियन बन्ने सम्भावना हुने करुनारत्नेले बताए ।
'यसको मतलब अप्रत्यक्ष रूपमा कम्तिमा सेमिफाइनलमा पुग्नु पर्छ भन्ने हो । र, लक्ष्य पुग्न तपाई दुई खेल टाढा हुनुहुन्छ । यो कसैको अनुमान हो र यदि तपाई राम्रो गर्नु हुन्छ भने विश्व च्याम्पियन बन्न सक्नु हुन्छ,' उनले भने ।
करुनारत्ने विश्वको सफल टेष्ट ओपनर हुन् । सन् २०१८ पछि उनले १३ सय ५२ रन बनाईसकेका छन् ।