एजेन्सी । अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हगले पाँच सिजन इण्डियन प्रिमियर लिग (आईपीएल) खेलेका छन् ।
सन् २०१२ मा राजस्थान रोयल्सबाट आईपीएल डेब्यु गरेका स्पिनर हगले सन् २०१४ मा कलकत्ता नाइट राइडर्सबाट खेलेका थिए ।
हगले सन् २०१६ को आईपीएलपछि करियर अन्त्य गरेका थिए । तर, उनले टिमका लागि आईपीएल उपाधि भने उचाल्न सकेनन् ।
अष्ट्रेलिया विश्वकप उपाधि दिलाईसकेका हगले हालै आईपीएलको सर्वकालीन उत्कृष्ट-११ छनोट गरेका छन् ।
भारत तथा रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीको कप्तानीमा हगले उत्कृष्ट-११ सार्वजनिक गरेका हुन् ।
उनले छनोट गरेको टिममा सर्वाधिक धेरै खेलाडी भारतका रहेका छन् ।
हगले बनाएको टिममा कप्तान कोहलीसँगै डेभिड वार्नर, रोहित शर्मा, महेन्द्र सिंह दोनी, सुनिल नारिने र राशिद खान रहेका छन् ।
यस्तै मुनाफ पटेल, भुवनेश्वर कुमार र जस्प्रित बुम्राह पनि टिममा अटाएका छन् ।