एजेन्सी । पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले टेष्ट क्रिकेटमा धेरै पटक खराब प्रदर्शन गरेको छ ।
सन् २०११ मा इंग्ल्यान्डले टेष्ट सिरिज क्लिन स्विप गरेपछि भारत सन् २०१४ मा भएको न्युजिल्याण्डसँगको सिरिजसम्म खराब लयमा गुज्रिएको थियो ।
न्युजिल्याण्डले भारतविरुद्धको २ टेष्टमा क्लिन स्विप गरेको थियो । त्यस सिरिजमा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमको लागि करियरको उत्कृष्ट क्षण बन्यो । सिरिजमा उनले तेहोरो शतक बनाएका थिए ।
खेलको दौरान म्याकुलम १४ रन बनाएर खेल्दै गर्दा मोहमद शामीको बलमा विराट कोहलीले क्याच छोडेका थिए ।
सुरुवातमा खासै दुःख नलागेको शामीलाई जब म्याकुलमले शतक र दोहोरो शतक बनाएपछि भने रिस उठेको थियो ।
तर, त्यस समय आफुले कप्तान धोनीको गाली खाएको शामीले खुलासा गरेका छन् ।
लन्च अघिको इनिङसको दोस्रो अन्तिम बलमा अर्का खेलाडीको क्याच छुटेपछी शामी निरास भएका थिए र अन्तिम बल बाउन्सर फालेका थिए । धोनीको बल विकेट किपर धोनीको टाउको माथिबाट गएको थियो ।
'त्यहिँ इनिङ्सको लन्च अघि दोस्रो अन्तिम बलमा पुन: अर्का खेलाडीको समेत क्याच छुट्यो । म सारै निरास भएँ,' शामीले भने, 'रिसमा अर्को बल बाउन्सर फालेको धोनीको समेत टाउको माथिबाट बल गयो ।'
ड्रेसिङ रूम जाने बेला धोनीले अन्तिम बल राम्रो नगर्नुको कारण शामीलाई सोधेका थिए । उनले हातबाट बल फर्किएको जवाफ फर्काएका थिए ।
तर, धोनीलाई उनको जवाफ चित्त बुझेन् ।
'हेर बाबु, धेरै खेलाडी आए मेरो अगाडी । धेरै खेलाडी खेलेर गए ढाट्नु पर्दैन,' धोनीले भनेको कुरा सम्झँदै शामीले भने, 'बेवकूफ मलाई हैन अरुलाई बना । तेरो सिनियर हुँ कप्तान हुँ । यसरी बेवकूफ अरुलाई नै बनाउनु ।'