एजेन्सी । इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान ब्रेईन बोलुसको निधन भएको छ ।
बोलुसको बिहिबार ८६ वर्षको उमेरमा निधन भएको इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जनाएको छ ।
दायाँ हाते ब्याट्सम्यान बोलुसले १९६३ र ६४ मा इंग्ल्यान्डका लागि ७ टेष्ट खेलेका थिए ।
भारतविरुद्ध चेन्नईमा डेब्यु गरेका उनको इंग्ल्यान्डका लागि बनाएको सर्वाधिक रन ८८ हो ।
योर्कशायरबाट तीन पटक च्याम्पियनसिप जितेका उनले नोटिनघमशायर र डर्बीशायरबाट समेत खेलेका थिए ।
उनले फस्ट क्लास क्रिकेटमा २५ हजार ५८९ रन बनाउँदा ३९ शतक प्रहार गरेका थिए । लिमिटेड ओभरमा उनले ३ हजार रन बनाएका थिए ।
क्रिकेटबाट सन्यास घोषणापछि बोलुस इंग्ल्यान्ड क्रिकेटको खेलाडी छनोटकर्ताको रुपमा रहेर काम गरेका थिए ।
यस्तै उनी नोटिनघमशायरको अध्यक्ष समेत भएका थिए ।