एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व बलर आशिस नेहेराले पूर्व कप्तान महेन्द्र सिंह धोनी अन्य खेलाडीका लागि सधै खुल्ला हुने गरेको बताएका छन् ।
आकाश चोपराको टेलिभिजन शो आकाश बाणीमा कुरा गर्दै नेहेराले धोनी खेल अघि र पछि सधै खेलाडीसँग कुरा गरिरहने र अन्य खेलाडीका लागि उनको कोठा सधै खुल्ला रहने गरेको बताएका हुन् ।
'मानिसहरु सोच्ने गर्छन् । धोनी धेरै बोल्दैनन् । यो त्यस्तो हैन। उसको कोठा खेलपछि पनि खुल्ला रहन्छ । कोही पनि हिंड्न, खानाको व्यवस्था गर्न र क्रिकेटबारे छलफल गर्न सक्दछन्,' नेहेराले भने।
नेहेराले भारतीय टिम र आईपीएल टिम चेन्नई सुपर किङ्सको कप्तान दुवैमा उनी खेलाडीमा समान व्यवहार हुने समेत बताए ।
'चेन्नई होस् वा भारतीय टिम, धोनी सधै खेलाडीसँग कुराकानी गर्नु पर्छ भनेर सोच्थे । खेलाडीलाई सन्देश पठाऊदा खेलाडीको बहाव ल्याउन पर्याप्त हुने सोच्थे,' उनले थपे ।
नेहेराले धोनीको कप्तानीमा भारत र चेन्नईबाट खेलेका थिए ।
धोनी भारत र चेन्नईका लागि सफल कप्तान मानिन्छन् ।
धोनीले सबै फर्म्याटमा ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाउन सफल धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका छन् ।
भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए ।