एजेन्सी । इंग्ल्यान्डका विश्वकप विजेता क्रिकेटर बेन स्टोक्स हाफ म्याराथनमा दौडने भएका छन् ।
कोरोना भाईरसको महामारीविरुद्ध लडिरहेको अस्पताललाई आर्थिक सहयोग जुटाउन स्टोक्स हाफ म्याराथनमा सहभागी हुने भएका हुन् ।
स्टोक्सले इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै मंगलबार हाफ म्याराथनमा सहभागी हुने बताएका हुन् ।
'म सँधै हाफ म्याराथनमा दौडन चाहन्थे तर कहिलै मौका मिलेको थिएन,' स्टोक्सले भने, 'अब लकडाउनको समयमा बाहिर गएर यसरी सहयोग जुटाउने एउटा राम्रो अवसर हो ।'
‘क्रिकेट गार्डन म्याराथन टिम’ भनेर आफूलाई चिनाउने तीन व्यक्तिबाट प्रभावित भएर दौडन लागेको स्टोक्सले बताए ।
उनीहरूले स्टोक्सको घर पछाडि फूल म्याराथन दौडिएर ब्रिटेन सरकारको स्वास्थ्य सेवा र ' चान्स टु शाइन' नामक फाउन्डेसनको लागि सहयोग जम्मा गरेका छन् ।
स्टोक्सले हालसम्म ८ किमी भन्दा बढी कहिल्लै नदौडिएको समेत बताए ।