एजेन्सी । भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर उमेश यादवले पूर्व कप्तान महेन्द्र सिंह धोनीले भारतका लागि अझै खेल्ने बताएका छन् ।
स्पोर्ट्स किडाको लाईभमा कुरा गर्दै यादवले यदि धोनीले चाहेमा उनी राष्ट्रिय हुने दाबी गरे ।
'यदि धोनी भारतका लागि खेल्न चाहन्छन्, उनले खेल्नेछन्,' यादवले भने, 'यदि खेल्न चाहदैनन् । ऋषब पन्त छन् ।'
धोनीले भारतका लागि सबै फर्म्याटमा ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाउन सफल धोनी पछिल्लो समय टिममा छैनन् ।
गत वर्ष भएको विश्वकपपछि धोनीले क्रिकेट खेलेको छैनन् । धोनी यस सिजनको आईपीएलबाट अन्तराष्ट्रिय क्रिकेटमा फर्किने तयारीमा रहेका थिए ।
तर, कोरोना भाईरसको महामारीको कारण आईपीएल अनिश्चितकालका लागि स्थगित भईसकेको छ ।