एजेन्सी । अष्ट्रेलिया टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई उछिन्दै अष्ट्रेलिया चार बर्षको अन्तरमा पहिलो पटक शीर्ष वरियतामा उक्लिएको हो ।
न्युजिल्याण्ड दोस्रो स्थानमा रहदाँ भारत तेस्रो स्थानमा झर्न पुग्यो । सन् २०१६ पछि भारत पहिलो पटक शीर्ष वरियताबाट तल झरेको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको सूचिमा ईङल्याण्ड चौथो वरियतामा रह्यो ।
शीर्ष वरियतामा उक्लिएपछि अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्गरले भनेका छन्, 'हामीलाई थाहा छ, वरियतामा फेरबदल भईरहन्छ । तर अहिले हामीलाई पछिल्लो वरियताको नतिजाले खुसी दिएको छ ।'
'हामी जस्तो टिम बन्न चाहन्छौ । त्यसका लागि हामी टिमको रुपमा धेरै काम गर्न आवश्यक छ । पछिल्लो दुई बर्षमा मैदान भित्र हाम्रो प्रर्दशन राम्रो छ । मैदान बाहिर समेत राम्रो गरेका छौ ।' उनले थपे ।
अष्ट्रेलिया टी–ट्वान्टी वरियतामा समेत शीर्ष स्थानमा रहेको छ । सन् २०१९ को विश्वकप विजेता ईङ्ल्याण्ड एकदिवसीय वरियताको शीर्ष स्थानमा छ ।
सन् २०१६ पछि भारत टेष्ट वरियताको शीर्ष स्थानमा रहदै आएका थियौ ।