शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

क्रिकेट 'मिस' गरिरहेको छु - सीता

शुक्रबार, बैशाख १९, २०७७विश्वास थापा
क्रिकेट 'मिस' गरिरहेको छु - सीता
Classic Tech Internet Ad

काठमाडौं । कोरोना भाईरसको महामारीबाट बच्न सरकारले देशभर लकडाउन लगाएको छ ।

सरकारले लकडाउन लगाएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता राना मगरको दिनचर्या समेत सामान्य बितिरहेको छ ।

लकडाउनसँगै दैनिक मैदानमा देखिने सीताको दैनिकी घरमै सिमित भएको छ । सीताको दैनिकी समेत बदलिएको छ ।

लकडाउनसँगै ढिला उठ्ने बानी परेको सीताको दैनिकी योगाबाट सुरु हुन्छ ।

'लकडाउनले गर्दा अलि ढिलो उठ्ने भाको छु । उठेर योगा गर्छु,' लकडाउनपछिका आफ्नो दैनिकीबारे सीताले भनिन्, 'त्यसपछी घरको काम हुन्छ । खाना बनाउँछु । दिउँसो परिवारसँग बित्छ । बेलुका फुलबडी वर्क आउट गर्ने गरेको छु ।'

लकडाउन नहुँदा सीताको दैनिकी मैदानमा बित्थ्यो । प्राय उनी क्रिकेटमा व्यस्त हुने गर्थिन् । तर, कोरोनाको महामारीसँगै सीताले मैदान टेक्न पाएकी छैनन् । प्रशिक्षण गर्न पाएकी छैनन् । त्यसैले सीता अहिले क्रिकेटलाई निकै मिस गर्ने गरेकी छिन् ।

'अवस्था सामान्य भएपछि क्रिकेटलाई निरन्तरता दिन्छु । लामो समय भएको छ । त्यसैले ब्याटिङ, फिल्डिङ र क्रिकेटलाई मिस गरेको छु,' उनले भनिन् ।

क्रिकेटसँगै रेस्टुरेन्टको खाना समेत मिस गर्ने गरेको सीताले सुनाइन् । लकडाउन खुल्नसाथ रेस्टुरेन्ट गएर खाना खाने योजना पनि उनले सुनाईन् ।

'रेस्टुरेन्टको खाना पनि धेरै मिस गरेको छु । लकडाउन खुल्ने बित्तिकै रेस्टुरेन्ट गएर खान मन छ । घरको खाँदा खाँदा वाक्क लागि सक्यो,' उनले थपिन् ।

लामो समय क्रिकेटबाट टाढा हुँदा करियरमा समेत असर गरेको सीताले बताईन् ।

'खुलेर गर्नु पर्ने अभ्यास गर्न पाइएको छैन । सामान्य फिटनेस गरेपनि दौडिन पाइएको छैन । मुख्य त हाम्रो फिल्डिङमा सुधार गर्नु पर्ने थियो । अभ्यास नै गर्न पाइएको छैन,' सीताले भनिन्, 'यसले (लकडाउन) क्रिकेट करियरमा ठुलो असर गर्छ ।'

लकडाउनसँगै आफ्नो फिटनेस खस्किएको चिन्ता छ उनलाई । तर, घरमै सीता सिमित साधनको प्रयोग गरेर सामान्य अभ्यास भने गर्ने गरेकी छिन् ।

'एक दुई हप्ता अभ्यास नगर्दा त गार्हो हुन्थ्यो । अहिले एक महिना बढी भईसक्यो । त्यसैले आफै घरमा सोली राखेर ब्याटिङ ड्रिल्स गर्ने गरेको छु । हात र आँखाको कोर्डिनेसन मिलाउन बल ट्याप गर्ने गरेको छु,' सीताले भनिन् ।

सिताकाे अर्धशतकमा पाेखराकाे मध्यम ...

यहिँ मे महिनामा नेपाली महिला टिमले विश्वकप छनोट खेल्ने तय थियो । नेपालले त्यस छनोटमा राम्रो गर्ने योजना बनाएको थियो ।

'हामीलाई विश्वकप छनोट सुनौलो अवसर भएको कारण उत्सुकताका साथ कुर्दै थियौं । एसिया कपसँगै विश्वकपको ठुलो आश थियो । यस पटक त दुई राष्ट्र छनोट हुने भनिएको थियो । हामीले राम्रो गर्ने आशा गरेको थियौं,' सीताले भनिन् ।

तर, कोरोनाको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आगामी जुनसम्म क्रिकेट गतिविधि स्थगित गर्ने निर्णय गरिसकेको छ । त्यसैले विश्वकप छनोट समेत अन्योलमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

Bajaj Pulsar Motorcycle Ad
एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

पहिलो शतक, कर्णालीको पहिलो जित

पहिलो शतक, कर्णालीको पहिलो जित

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

रोहित अर्धशतक बनाउन चुके, कर्णालीलाई सामान्य लक्ष्य

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

नेपाल महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न सकेन

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने