हाजार्डले सिटी र बार्सिलोनासँगको खेल गुमाउने
सोमबार, फागुन १२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका विंगर इडेन हाजार्डले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटी र बार्सिलोनाविरुद्धको एल क्लासिको भिडन्त गुमाउने भएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत लेभान्टेविरुद्धको खेलमा चोट बोकेपछि हाजार्डले सिटी र बार्सिलोनासँगको खेल गुमाउने भएका हुन् ।
हाजार्डले दाहिने खुट्टाको एन्कलको चोट बोकेका थिए । हाजार्ड ६७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । जुन खेलमा रियल १-० ले पराजित भएको थियो ।
रियलले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेग खेल खेल्दैछ । यस्तै रियल र बार्सिलोनाबीचको एल क्लासिको भिडन्त मार्च १ मा हुनेछ ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


