खप्तड गोल्डकप : जन जागृति र मदन भण्डारी भिड्दै
आइतबार, फागुन ११, २०७६खेलपाटी संवाददाता

धनगढी । सर्वाधिक धनराशिको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा आइतबार (आज) एक खेल हुँदैछ ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा आइतबार सिमराको नव जन जागृति क्लब र काठमाडौंको मदन भण्डारी स्पोर्टस् एकेडेमी भिड्ने छन् । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् ।
प्रतियोगितामा विभागीय टिम एपीएफ र भारतको कंचनजंघा एफसी क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।
सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


