हिमालयन शेर्पा सेमिफाइनलमा
शनिबार, फागुन १०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । हिमालयन शेर्पा क्लब राइनो गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवलपुरमा शनिबार भएको क्वाटरफाइनलमा कास्कीको इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ३-२ गोल अन्तरले पराजित गर्दै शेर्पा अन्तिम चारमा प्रवेश गरेको हो ।
शेर्पाले सुरुवाती दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो । शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे । यस्तै त्रिदेब गुरुङले एक गोल गरे । इन्द्रेणीका अनुप गुरुङ र रोशन राना मगरले एक एक गोल गरे ।
खेलमा विजय म्यान अफ दि म्याच चुनिए ।
अब शेर्पाले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


