जागरण कप फुटबल हुने
बिहिबार, फागुन ८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । म्याग्दीमा दोस्रो संस्करणको जागरण कप फुटबल प्रतियोगितामा आयोजना हुने भएको छ ।
फागुपुर्णिमाको अवसरमा हुने प्रतियोगिता फागुन २१ गतेदेखि २५ सम्म आयोजना हुनेछ ।
म्याग्दीको रत्नेचौर खेलकुद मैदानमा हुने प्रतियोगितामा करिब १५ टिमको सहभागिता रहने आयोजक रत्नेचौर जागरण समूहले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५१ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले २५ हजार ५ सय ५५ नगद पाउने छन् ।








-1763772456514.webp&w=3840&q=75)

-1763794837011.jpeg&w=3840&q=75)


