काठमाडौं । दक्षिणकाली नगरपालिका र नेपाल राष्ट्रिय मुवाँथाई संघको संयुक्त आयोजनामा एसियन जोन मुवाँथाई च्याम्पियनसिप मंसिर ३ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा एमेच्योर, सेमी प्रो, जुनियर र क्याडेट गरी पुरुषतर्फ १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
नेपालबाट १३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुलाई विगत एक महिनादेखि अस्ट्रेलियाली प्रशिक्षक एलेक्सले प्रशिक्षण दिइरहेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।
चार राष्ट्रको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु फर्पिङमा हुने छ ।