काठमाडौं । अर्किडले दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा अर्किडले करियरलाई ७–२ गोलले पराजित गर्यो ।
अन्य खेलम गणेश हिमालले बेस्ट ग्रुपलाई ३–०, काठमाडौं विद्याकुञ्ज सदनले दर्शनालाई ४–० र महाकवी देवकोटाले डिफेन्डिङ च्याम्पियन भीमेश्वर एकेडेमीलाई ७–१ गोलले हराए । प्रशान्ती एकेडेमीले एक्मीबाट वाक ओभर पायो भने पाणेनीले एकलब्यलाई पाखा लगायो ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का अध्यक्ष कुन्डन खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले खसी तथा उपविजेताले भाले पुरस्कार पाउने छन् ।