काठमाडौं । सुटिङ खेलको चार दिने ओलम्पिक सोलिडारिटी कोर्ष सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटिको भवनमा सोमबारबाट ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्ष फर कोचेज कोर्ष सुरु भएको हो । कोर्षमा ७ प्रदेशका ३० सुटिङ प्रशिक्षकहरुको सहभागिता रहेको छ ।
सोलिडारिटी कोर्षमा सहभागी प्रशिक्षकहरुलाई नर्वेका राइफल र पेस्टल एक्स्पर्ट कोर्ष डिरेक्टर लिफ रोलान्ड र हंगेरीका सोनल रामेन्द्रले प्रशिक्षण दिने छन् ।
कोर्षको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद जीवन राम श्रेष्ठले गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले यस कोर्षले सुटिङ खेलको नयाँ बिषयमा प्रशिक्षकहरुलाई जानकारी हुने बताए ।
कार्यक्रममा कमिटिका उपाध्यक्ष चतुरानन्द राज बैद्य, सचिव निलेन्द्र राज श्रेष्ठ तथा नेपाल सुटिङ संघका अध्यक्ष पुष्प दास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।