काठमाडौं । विश्व चर्चित स्पोर्ट्स वेयर कम्पनिको खेलकुद पोशाक र अन्य पोशाकहरु एकै ठाउमा पाईने भएको छ ।
नयाँ बानेश्वरस्थित आईप्लेक्स मलमा चर्चित पाँच ब्राण्डको पोशाक पाउने गरि फ्रि स्टाईल स्पोर्टस एन्ड क्याजुयल वेयर बुधबारबाट संचालनमा आएको छ । फ्रि स्टाईलमा एक्स्टेप,इरिक, एलबिडि, क्यालिबर र हम्बल डेनीभ ब्राण्डका सामग्री पाईने छ ।
तेक्वान्दो र साइक्लिङका पूर्व खेलाडी समेत रहेका दावा तामाङले फ्रि स्टाईल संचालनमा ल्याएका हुन् । नेपालकी चर्चित अल्ट्रा धाविका मिरा राईले फ्रि स्टाईलको उद्घाटन गरेकी छिन् ।
फ्रि स्टाईलको उद्घाटनपछि बोल्दै तामाङले खेलाडीलाई उपयुक्त हुनेगरि पसल संचालनमा ल्याएको बताए । 'म एक पूर्व खेलाडीको हैसियतले मैले यहाँ खेलाडीलाई उपयुक्त हुने सामग्ररीहरु राखेको छु । साथै अन्य सामान पनि पाइने छ,’ तामाङले भने ।
यस्तै उनले खेलाडीलाई केहि प्रतिशत छुट समेत रहेका बताए । तामाङले मिरालाई स्वरुमको ब्राण्ड एम्बेसडर बनाउने सोच भएको समेत बताए ।