काठमाडौं । आयोजक बौद्ध इन्टरनेसनल स्कुल र रुपिज इन्टरनेसनल स्कुल चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धले इस्टपोललाई ४३–३० ले पराजित गर्यो । बौद्धको जितमा अर्जुन क्षेत्री र दावा शेर्पाले समान १३–१३ अंक योगदान गरे । आदित्य गुरुङको १३ अंक सहयोगमा रुपिजले बुद्ध एकेडेमीलाई ७७–७१ ले हरायो । अर्बिटले छहारीलाई ३०–१७ ले पाखा लगायो ।
सिनियर गल्र्समा अक्षराले कान्जिरोवालाई २०–९ तथा डाफोडिलले बुद्ध एकेडेमीलाई १६–९ ले पन्छाए । अक्षराकी प्रतिष्ठा कट्वालले ९ तथा डाफोडिलकी आङ डिक्की शेर्पाले ५ स्कोर गरे ।