काठमाडौं । स्किब्सको आयोजनामा पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विधामा ६९ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २९, जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने बताइएको छ । सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा महामञ्जुश्री र सिनियर गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन् । खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुने छ । फाइनल भदौ ४ गते हुनेछ ।