सेब सेमिफाइनलमा
२०१९ अगस्ट १२, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सेबले महामञ्जुश्रीलाई २८–१० ले पराजित गर्यो । सेबका कुमार तामाङले १२ अंक जोडे । सिनियर गल्र्समा विल्सन एकेडेमीले हर्टल्यान्डलाई २०–१३ ले हराउदै सेमिफाइनलमा पुग्यो । विल्सनका प्रशंसासिंह ठकुरीले ८ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई ४२–१९, रेडिअन्टले न्यु जेनिथलाई ६३–३४, नेरिकले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ४५–२९, महामञ्जुश्रीले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ४६–३९, नेपालयले बिग बुद्धलाई ६६–२९, ग्रिनल्यान्डले काठमाडौं भ्यालीलाई ६८–३८, काठमाडौं जेभियरले विल्सनलाई ६५–३९ र ब्राइट होराइजनले नवोदितलाई ५२–३४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।