काठमाडौं । आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा ओडिसी र बिएनए स्कुल जुनियर ब्वाईजतर्फ क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
आईतवार भएको लिग खेलमा ओडिसीले जुगल बोडिङ स्कुललाई २६–१० ले हराउँदा बसुन्धरा नेश्नल एकेडेमी(बिएनए)ले जगत मन्दिरलाई ३५–१४ को स्कोरमा स्तब्ध बनाउदै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका हुन ।
ओडिसीको जितमा दिलसन मगरले १० स्कोर गर्दा बिएनएका सन्देश खड्काले सर्वाधिक १२ स्कोर गरेका थिए । जुनियर ब्वाईजतर्फ नै लालिगुराँस र एन्जल्सर्हाटले जित निकालेका छन् ।
चावहिल सरस्वतीनगर स्थित गोल्डेनपीक हाईस्कुलकोे कोर्टमा भएको सिनियर ब्वाईजको खेलमा ग्रिनल्याण्ड र एचएचसीएले जित निकालेका छन् । ग्रीनल्याण्डले वेबीलोनलाई ६३–४० को फराकिलो अन्तरले हरायो । ग्रिनल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका राजिब आलेले सर्वाधिक ३३ स्कोर गरेका थिए । अन्सु राईको १२ स्कोरको सहयोगमा एचएचसीएले अक्षर एकेडेमीमाथी ४३–३९ स्कोरको सघर्षपूर्ण जित निकाल्यो ।
सिनियर गल्र्सको एक मात्र खेलमा रिलायन्स पब्लिकले आयरल्याण्ड एकेडेमीलाई १६–१० को स्कोरमा हराउँदा ओजस्वी निरौलाले सर्वाधिक १२ स्कोर गरिन् ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले १७ गते सम्म प्रतिस्पर्धा गर्ने छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ ।
जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहोको छ ।