काठमाडौं । आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आयोजक गोल्डेनपीक र भ्यालीपब्लिक स्कुलले सफलता हात पारेका छन् ।
शुक्रबार भएको जुनियर ब्वाईजको उद्घाटन खेलमा गोल्डेनपीकले हिमशिलालाई २३–१० को स्कोरमा हराउदै बिजयी शुरुवात गरेको छ । आयोजक गोल्डेनपीककोे जितमा सुविन तामाङले सर्वाधिक १० स्कोर गरे । सिनियर ब्वाईजको खेलमा भ्यालीपब्लिकले आयोजक गोल्डेनपीकलाई ५४–४१ को स्कोरमा हरायो । भ्यालीपब्लिकको जितमा उत्कृष्ट प्रदर्शन गरेका रावल बिकले सानदार ३० स्कोर गरे ।
चावहिल सरस्वतीनगर स्थित गोल्डेन पीक हाईस्कुलकोे कोर्टमा भएको सिनियर ब्वाईजमा गोल्डेनपीक बी र रिलायन्स इन्टरनेश्नलले पनि जित निकालेका छन् । गोल्डेनपीकले अक्सल एकेडेमी २४–१६ को स्कोरमा हराउँदा प्रवेश रार्यले १२ स्कोरको योगदान दिएका थिए । सर्वराज राईको १२ स्कोरको मद्दतमा रिलायन्सले वीईड् किट्सलाई १५–८ को स्कोरमा हरायो । जुनियर ब्वाईजतर्फ लालीगुराँस र ज्ञानमालाले पनि बिजयी शुरुवात गरेका छन् । लालीगुराँसले जुगल बोडिङलाई २९–१३ को स्कोरमा हराँउदा दिपेश क्षेत्रीले सर्वाधिक १८ स्कोर गरेका थिए । पेम्बा शेर्पाको सर्वाधिक १४ स्कोरको सहयोगमा ज्ञानमालाले जगत मन्दिरलाई १६–८ को स्कोरमा स्तब्ध बनायो ।
त्यस्तै सिनियर गल्र्सको खेलमा रिलायन्स पब्लिकले आयोजक गोल्डेपीक स्कुललाई ८–४ को स्कोरमा हरायो । रिलायन्सको जितमा अनश्रा मिश्र एक्लैले ७ स्कोर गरेकी थिईन्् । सिनियर गल्र्सको अर्को खेलमा विइड्किट्सले हिमशिलालाई ८–४ को स्कोरमा हरायो ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले १७ गते सम्म प्रतिस्पर्धा गर्ने छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ । जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहोको छ ।