काठमाडौं । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको पुरुष टिम जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
थाइल्यान्डको चोन्बुरी बिहिबार भएको समूह चरणको अन्तिम खेलमा चाईनिज ताइपेसँग पराजित हुँदै नेपाल जितविहीन बनेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल ताइपेसँग ७-६ गोल अन्तरले पराजित भयो ।
नेपालका लागि रोमन रानाले ४ तथा नबिन क्षेत्रिले २ गोल गरेपनि नेपाललाई जित दिलाउन सकेनन् । यो हारसँगै समूह 'बी' को नेपालले ४ खेलमा अंक जोड्न सकेन ।
यसअघि नेपाल सिंगापुरसँग १५-१, काजकिस्तानसँग १२-१ र उज्वेकिस्तानसँग १३-२ गोल अन्तरले पराजित भएको थियो ।
महिलातर्फ भने नेपालले १ जित निकाल्यो । महिलातर्फ समूह 'ए' मा रहेको नेपालले ४ खेलमा ३ अंक जोड्दै समूहको चौंथो स्थानमा रह्यो ।
महिलातर्फ नेपाल बिहिबार भएको समूह चरणको अन्तिम खेलमा इरानसँग ५-१ गोल अन्तरले पराजित भयो । नेपालका लागि अन्जना चन्दले एक गोल गरेकी थिईन् ।
यसअघि नेपालले फिलिपिन्सलाई ३-२ गोल अन्तरले हराउदै पहिलो जित निकालेको थियो । त्यसअघि नेपाल साविकको विजेता काजकिस्तानसँग ८-० र उज्बेकिस्तानसँग ९-० गोल अन्तरले पराजित भएको थियो ।