काठमाडौं । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको पुरुष टिमले दोस्रो हार व्यहोरेको छ ।
थाइल्यान्डको चोन्बुरी बुधबार भएको खेलमा सिंगापुरसँग पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
नेपाल सिंगापुरसँग १५-१ गोल अन्तरले पराजित भयो । नेपालका लागि प्रेम बिकले एक गोल फर्काए ।
यसअघि पहिलो खेलमा नेपाल काजकिस्तानसँग १२-१ गोल अन्तरले पराजित भएको थियो ।
महिलातर्फ भने नेपालले बुधबार फिलिपिन्सलाई ३-२ गोल अन्तरले हराउदै पहिलो जित निकालेको छ । नेपालको जितमा देविका विकले दुई र निलिमा पाण्डेले एक गोल गरिन् ।
समूह 'ए' मा रहेको नेपाल यसअघि साविकको विजेता काजकिस्तानसँग ८-० र उज्बेकिस्तानसँग ९-० गोल अन्तरले पराजित भएको थियो ।