काठमाडौं । पोखरा रंगशाला निर्माणका विषयमा बुधबार छलफल भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपालको एनए कन्स्ट्रक्सनका प्रतिनिधिसंग छलफल गरेका हुन् ।
मुख्यतः निर्माण कार्यलाई समयमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत थियो ।
सो अवसरमा निर्माणको जिम्मा पाएको संस्थाका प्रतिनिधिले समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।