काठमाडौं । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला टिमले पहिलो जित निकालेको छ ।
थाइल्यान्डको चोन्बुरी बुधबार फिलिपिन्सलाई ३-२ गोल अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो ।
बलियो फिलिपिन्सविरुद्ध नेपालले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालको जितमा देविका विकले दुई र निलिमा पाण्डेले एक गोल गरिन् ।
समूह 'ए' मा रहेको नेपाल यसअघि साविकको विजेता काजकिस्तानसँग ८-० र उज्बेकिस्तानसँग ९-० गोल अन्तरले पराजित भएको थियो ।
यस्तै पुरुषतर्फको पहिलो खेलमा नेपाल काजकिस्तानसँग १२-१ गोल अन्तरले पराजित भएको थियो । नेपालका रोमन रानाले एक गोल गरेका थिए ।