काठमाडौं । राजन लामाले प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगितामा मंगलबार जित हात पारेका छन् । राजनले विकेश राईलाई पराजित गरे ।
अन्य खेलमा दोर्जे पाख्रिन, निर्माण बोगटी, दीपक मगर, विकास महर्जन, सोम लामा, छोपेल शेर्पा र रेगन श्रेष्ठले सफलता पाए ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
सेन्चुरी ब्रेककर्तालाई ५० हजार, सर्वाधिक ब्रेककर्तालाई ३० हजार र उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।