काठमाडौं । कपिलवस्तुको तिलौराकोटमा 'कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता' आयोजना हुने भएको छ ।
आयोजक कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज दोस्रो साता हुने जनाएको छ ।
कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता असोज १० र ११ गते संचालन हुने संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए ।
प्रतियोगितामा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको ओभरल विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै हरेक वजन समूहमा विजेताले १५ हजार। दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पाउने छन् ।