काठमाडौं । राजन गुरुङले प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिपमा शनिबार जित हात पारेका छन् । राजनले सोभित पोखरेललाई ३–१ ले पराजित गरे ।
अन्य खेलमा विरेन शाक्य, जय महर्जन, दीपक मगर, दोर्जे पाख्रिन, जिम्मी लामा, सञ्जयकुमार मुल्मी, दीपजल ढुंगाना, अमन कार्की, रेगन श्रेष्ठ र दोर्जे शेर्पाले सफलता पाए ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
सेन्चुरी ब्रेककर्तालाई ५० हजार, सर्वाधिक ब्रेककर्तालाई ३० हजार र उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।