काठमाडौं । तीनपटक एभरेष्ट म्याराथन जित्न सफल धाविका याङदी लामा शेर्पा शनिबार सम्मानित भएकी छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भएको बुद्धवीर लामा नवौं गीतिमय साँझका अवसरमा याङदीलाई सम्मान गरिएको हो । बुद्धवीर पूर्व म्याराथन धावक हुन् ।
सोही अवसरमा अन्तर्राष्ट्रिय पारा प्रतियोगिताको १ सय मिटर दौडकी स्वर्ण विजेता सूर्यकुमारी गुरुङ, ब्वाइज युनियन क्लबका पूर्व अध्यक्ष यज्ञलाल श्रेष्ठ, पूर्व बक्सिङ खेलाडी त्रिरत्न मानन्धर, पूर्व धावक सुनीलकाजी वज्राचार्य तथा छोटो दूरीका पूर्व धावक लीलाकुमार श्रेष्ठ पनि सम्मानित भए ।
उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बालवाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्राउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।
अनाथ बालवाकिला, बुद्धाश्रम, खेलकुद र शैक्षिक संस्थाको सहयोगार्थ आयोजित कार्यक्रममा कुन्ती मोक्तान, शम्भु राईलगायतले प्रस्तुती दिएका थिए ।