काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहिबार थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् ।
निमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् ।
सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।
यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ ।
उसुको पुरुष थाउलो गुन्सुतर्फ नेपालका विश्व बुढा मगरले रजत जिते । यस स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले कास्य जित्यो ।
महिला थाउलो ताइजिनमा नेपालकी मिना ग्लानले रजत जितिन् । श्रीलंकाले स्वर्ण जित्दा बंगलादेशले कास्य जित्यो ।
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/78226185_512976272628527_2511719079681720320_n.jpg?_nc_cat=102&_nc_ohc=P0RnITN8JgAAQlY-iLlpO5y2Pj2lMuf02ulmzJiQae-_hEq5R2gKKWdjA&_nc_ht=scontent.fktm8-1.fna&oh=e47e9a13dd50ad7d26755e1847be45da&oe=5E702DCD)