काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुको प्रतिस्पर्धामा विवाद भएको छ ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा ताइजिजान थाउलोतर्फको खेलमा श्रीलंकाले स्वर्ण जितेपछि विवाद सिर्जना भएको छ ।
नेपाल र भारतले खेलमा धादली भएको भन्दै निर्णयमा आपत्ति जनाएका थिए । र, खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका थिए । जसको कारण खेल ३० मिनेट बढी रोकिएको थियो ।
अहिले खेल सुरु भएको छ । नेपाल र भारतले लिखित अपिल गरेको छ ।
नेपालका खेलाडी हरि प्रसाद गोलेले म्याटमै बसेर धर्ना दिएका थिए । दर्शकले पनि म्याटमा पानीका बोतल फ्यालेका छन् ।
यस स्पर्धामा श्रीलंकाका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिले कास्य जितेका छन् ।
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/79439046_1113994495608984_7395691542045786112_n.jpg?_nc_cat=103&_nc_ohc=rISx278wsJwAQkSuplErsCsQJ-J87Xhmu1F-4QRFXeb7lPai6WaTk3LMA&_nc_ht=scontent.fktm8-1.fna&oh=b9b7a5616ea05ea617345d12a474aec3&oe=5E75E800)
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/79694282_578222476328174_8580831090988548096_n.jpg?_nc_cat=109&_nc_ohc=Gy4tGsUL2w8AQl72Py8emVDzpTjmb-0tfwELzTBJAJERhKa8Ft_LrZlkg&_nc_ht=scontent.fktm8-1.fna&oh=ba783e789f3c4e806467b6adb15ea88f&oe=5E860AB0)