काठमाडौं । प्रथम माउण्ट ओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधिका लागि माउण्ट ओलिभ र भ्याली पब्लिक स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक माउण्ट ओलिभले लुबु माबिलाई २७–२५,२५–११ र २५–२१ को सोझो सेटमा हराउदै फाईनलमा स्थान पक्का गर्यो ।
ललितपुरको सानागाँउ स्थित आयोजक माउण्ट ओलिभको कार्टमा भएको दोश्रो सेमिफाईनलमा भ्यालि पब्लिक स्कुलले आयोजकको बी टिमलाई २४–२६,२५–१३,२५–१२ र २५–१० को सेटमा हराउदै फाईनल यात्रा तय गर्यो ।
फाइनल खेल मंगलबार हुनेछ ।