काठमाडौं । भारतले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३-० को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा भारतले कजाकस्तानलाई २५-१५, २५-२२ र २५-१८ ले हराएको हो ।
प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्यो ।
तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको हो ।
![No description available.](https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/348358125_1333172230610614_7901084311929566855_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=moQynms4JMsAX-MsqML&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AdSJ16dTUcWrze3Quae7tVaRxoG50wVJg4HMxzy2Dmdx-w&oe=649AB470)
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकस्तानको सहभागिता रहेको थियो ।