काठमाडौं । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नन्दा बस्यालले स्वर्ण जितेकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्य समेत रहेकी नन्दाले फाइनलमा इरानलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् ।
५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दा सहितका खेलाडी सहभागी छन् ।
खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जिवनलाई समेत निरन्तरता दिदै आएकी छिन् ।
![](https://scontent.fktm17-1.fna.fbcdn.net/v/t1.15752-9/362316591_3168964540067528_326588582778188568_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=LYvm_vUtQ0IAX-SRtIY&_nc_ht=scontent.fktm17-1.fna&oh=03_AdS6zDKyDCwpmq1jo7xYpdSy_Nf7fGmxG_Gcns_-7Gl9sQ&oe=64E437C0)