• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
शिवसुन्दर र राजेन्द्र च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, मंसिर ३, २०७९ खेलपाटी संवाददाता
शिवसुन्दर र राजेन्द्र च्याम्पियन

काठमाडौं ।  शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम प्रा.लि. को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११–४, ११–६ र ११–७ को सोझो सेटमा पराजित गरे । ललितपुर टीटी क्लबका नवीनबहादुर शाक्य र सीवाइसी टीटी क्लबका रविन्द्र शाक्य तेश्रो भए ।

राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सीधा सेटमा १२–१०, ११–१ र ११–३ ले हराए । सीवाइसीका राजेन्द्र वज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेश्रो बने ।

भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र वज्राचार्य) पहिलो भयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकार र आनन्दरत्न धाक्वा सम्मिलित सीवाइसी टोलीलाई ३–१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताअन्तर्गत पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोश्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदीश्वर जोशी तेश्रो भएका थिए । महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिार पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले कांस्य जितेका थिए ।

सोही प्रतियोगिताका दौरान यु–१६ ब्वाइज÷गल्र्सको एकिकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपीएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दोश्रो तथा एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क तेश्रो भएका थिए ।

भेट्रानतर्फ कुल पुरस्कार राशी ४ लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । यु–१६ का पदक विजेतालाई १ लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामाग्री प्रदान गरिएको थियो ।

विजेतालाई टेबलटेनिसमा ओलम्पिककी स्वर्णधारी दक्षिण कोरियाकी याङ योङ जा, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, एपीएमका निर्देशक दानबहादुर महता, जिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनकै अवसरमा भेट्रानमा सहभागीहरुको ‘लक्की ड्र’ गराइ १ विजेतालाई सामसुङ मोबाइल प्रदान गरिएको थियो । त्यसमा राजेन्द्र वज्राचार्य भाग्यमानी रहे ।  भेट्रानमा ७० तथा यु–१६ मा २८ खेलाडी सहभागी थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
हिमाल र सुस्मिता च्याम्पियन
हिमाल र सुस्मिता च्याम्पियन
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
गर्ल्स सिंगल्समा प्राज्नालाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP