काठमाडौं । करातेका राष्ट्रिय खेलाडी विप्लप लाल श्रेष्ठलाई हाईड एण्ड सिक किन्डर गार्डेन स्कुलले नगद सहित सम्मान गरेको छ ।
बनस्थलीस्थित स्कुलले आफ्नो बार्षिक कार्यक्रमका अवसरमा प्रत्येक बर्ष खेलाडीहरुलाई सम्मान गर्दै आई रहेकोमा यस पटक ब्रिटेनको लेसिस्टरमा आयोजना भएको ब्रिटिश कराते च्याम्पियनसिप २०१८ मा ८४ केजी मुनिको तौल समूहमा रजत पदक प्राप्त गर्न सफल श्रेष्ठलाई सम्मान गरेको हो ।
स्कुलको बार्षिक खेलकुद दिवशका अवसरमा प्रधान अध्यापक कुमद भट्ट, डा. चण्डीका प्रसाद भट्ट, ईन्दिरा चौलागाई र खेलकुद प्रशिक्षक हरि बहादुर तामाङ लगायतले श्रेष्ठलाई नगद ५ हजार सहित ताम्रपत्रद्वारा सम्मान गरेको हो ।