काठमाडौं । भुपेन्द्र चाम्लिङ्ग 'भुपाल'को नेतृत्वमा नेपाल पाराग्लाईडिङ्ग एण्ड ह्याङ्ग्लाईडिङ्ग संघको नयाँ कार्यसमिति गठन भएको छ ।
शुक्रबार भएको साधारण सभाले भुपालको अध्यक्षतामा पाराग्लाईडिङ्गको नयाँ कार्यसमिति गठन गरेको हो ।
संघको नयाँ कार्यसमितिमा किरण कुमार राई वरिष्ठ उपाध्यक्ष तथा उपाध्यहरुमा शैलेन्द्र राउत, कृष्ण भण्डारी र सुनिल भट्टराई रहेका छन् ।
महासचिवमा इन्द्र भण्डारी, उप महासचिवमा मिनाकुमारी राई, सचिवमा प्रकाश पोख्रेल तथा कोषाध्यक्षमा बलराम आचार्य छन् ।
सदस्यहरुमा रोशन बिक्रम राई, सरिता आङ्ग्दम्बे, अविनाश रम्तेल, रमेश न्यौपाने, कृष्ण जंग केसी, राजेश गिरी, कृषृ पौडेल, हरिकृष्ण रावल, विजय गौतम, कृष्ण अधिकारी, बिमल पहरी र लक्ष्मण थापा रहेका छन् ।
राखेपका खेलकुद विकास विभाग प्रमुख मिन शर्मा सहितको निर्वाचन समितिले चुनावको नतिजा घोषणा गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका निमित्त सदस्य सचिव अन्जन धमलाले साधारण सभाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा माउन्टेन स्पोर्टस् फाउन्डेसन नेपालका अध्यक्ष गोबिन्द भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए । भट्टराईले अन्तराष्ट्रिय खेलकुदमा पदकको सम्भावना बोकेका पाराग्याईडिङ्गले एसियन गेम्समा आफुलाई प्रमाणित गरिसकेको धारणा राखेका थिए ।