काठमाडौं । ए डिभिजनको फ्रेन्ड्स क्लबमा नयाँ नेतृत्व चयन भएका छन् । क्लबले विश्वास बिक्रम शाहलाई क्लबको नयाँ नेतृत्वका लागि चयन गरेको हो ।
क्लबको साधारण सभाले आगामी चार वर्षका लागि शाहलाई नेतृत्वमा चयन गरेको हो । लामो समयअघि क्लबको म्यानेजरको रुपमा काम गरेका विश्वास क्लबको नयाँ अध्यक्ष चुनिएका छन् ।
क्लबको विधान अनुसार साधारण सभाले अध्यक्ष चुन्ने र अध्यक्षले नयाँ कार्यसमित गठन गर्ने व्यवस्था छ । सोही अनुसार विश्वासले क्लबको नयाँ कार्यसमिति छिट्टै सार्वजनीक गर्ने बताएका छन् ।
फ्रेन्ड्सले घरेलु फुटबलमा ए डिभिजन लिग खेलिरहेको छ । ललितपुरको कुपन्डोलमा अवस्थित फ्रेन्ड्स क्लब घरेलु फुटबलको लोकप्रिय क्लबमा पर्छ ।