• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पटेला स्मार्टलाई सुदूरपश्चिम ११ द्वारा खेल सामाग्री सहयोग 
खेलपाटी संवाददाता
आइतबार, साउन १४, २०८० खेलपाटी संवाददाता
पटेला स्मार्टलाई सुदूरपश्चिम ११ द्वारा खेल सामाग्री सहयोग 

धनगढी । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । पटेलास्थित फुटवल मैदानमा आईतबार एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम ११ का अनुसार पटेला स्मार्टलाई ११ वटा बल, ४५ जर्सी सेट, ३० टिसर्ट, २६ क्याप, कोन, मार्कर सहितको खेल सामाग्री सहयोग गरिएको हो । सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष शुरेस हमालले पटेला स्मार्ट क्लबका अध्यक्ष मुकेश चौधरीलाई सहयोग खेल सामग्री हस्तान्तरण गरेका थिए । 

धनगढीको ग्रामिण इलाकामा रहेका २५ जना पुरुष र १५ जना महिला फुटबलरलाई छनोट गरि पटेला स्मार्ट क्लबमा प्रशिक्षण गराउने उद्धेश्यका साथ सुदूरपश्चिम ११ फुटबल क्लबले खेल सामाग्री सहयोग गरेको हो । 

साथै, धनगढीका दुई क्लबले दुई वर्षको रणनीतिक सम्झौता समेत गरेका छन् ।

सुदूरपश्चिम ११ फुटबल क्लबले पटेला स्मार्ट क्लबमा खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउने छ । पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको सामाग्री सहयोग सुदूरपश्चिम ११ ले गर्नेछ ।

सुदूपश्चिम ११ फुटबल क्लबका अध्यक्ष सुरेश हमालले ग्रामिण क्षेत्रमा रहेका फुटबलरलाई राम्रो प्रशिक्षण दिने उद्धेश्यले पटेला स्मार्ट क्लबसँग सहकार्य गरिएको बताए । उनले यस सम्झौताबाट ग्रामिण क्षेत्रमा रहेका फुटबलरले नियमित रुपमा प्रशिक्षण गर्न पाउने र उत्कृष्ट निस्कने खेलाडीले सुदूरपश्चिम ११ बाट राष्ट्रिय-अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न अवसर पाउने बताए । 

क्लबको आन्तरिक ब्यवस्थापन पटेला स्मार्ट आफैले हेर्ने, पटेलालाई आवश्यक पर्ने प्रशिक्षक सहितको खेल सामाग्री सुदूरपश्चिम ११ ले सहयोग गर्ने विषयमा सम्झौता भएको हमालले बताए । 

सुदूरपश्चिम ११ फुटबल क्लब पश्चिम नेपालको प्रतिष्ठित फुटबल क्लबको रुपमा रहेको छ । जसले हरेक वर्ष सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै नेपालका प्रतिष्ठित फुटबल प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने गरेको छ । साथै एन्फाको सी डिभिजन छनोट कार्यक्रममा समेत खेल्दै आएको छ । 

सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष शुरेस हमालले जिल्ला फुटबल संघले यस्ता कार्य गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । 

‘हामीले सहयोग गर्नुपर्ने स्थिती आउनुपर्ने होइन । यस्ता ठाउँमा जिल्ला फुटवल सघं पुग्नुपर्ने हो तर फुटवल संघ नपुगेपछि हामीले सहयोग गर्नु परेको हो ।’ सुदूरपश्चिम ११ क्लबका अध्यक्ष हमालले भने, ‘शहर केन्द्रित मात्रै भएर फुटबलका खेलाडी उत्पादन हुँदैनन् । गाउँ गाउँमा फुटबलका खेलाडी उत्पादन गरे देशको फुटबल भविष्य बन्छ । त्यस कारण हामीले पटेलाका खेलाडीलाई सहयोग पुगोस् भनेर बल, ड्रेस लगायतका सामग्री सहयोग गरेका हौँ ।’

‘पटेला स्मार्ट क्लबसंग सहकार्य गर्दै प्रतियोगितामा सहभागी हुनेछौँ ।’ हमालले थपे, ‘यहाँका खेलाडीको क्षमता अभिबृद्धि गर्न एकजना पुरुष र एक जना महिला प्रशिक्षक खटाएका छौँ । सक्दो मेहेनत गर्नुहोला, फुटबलप्रति माया भएकामात्र खेल्न आउनुहोला, समय बर्वाद गर्न कोही नआउनुहोला ।’ 

पटेला स्मार्ट क्लवका अध्यक्ष मुकेश चौधरीले सुदूरपश्चिम ११ सँगको सहकार्यले क्लबको गतिविधि अघि बढाउन सहयोग पुग्ने बताए । उनले सुदूरपश्चिम ११ सँगको सम्झौता दुई वर्षमात्र नभएर लामो समयका लागि आवश्यकता रहेको उल्लेख गरेका थिए ।  

खेल सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश फुटबल संघ सुदूरपश्चिमका उपाध्यक्ष राघव कार्की, क्लबका प्रमुख सल्लाहकार पतिराम चौधरी, फुटबल संघका सुदूरपश्चिम सदस्य हेमकर्ण रञ्जितकार, फुटबल संघ कैलालीका निबर्तमान महासचिव ओम प्याकुरेल, नवोबुद्ध युवा क्लबका अध्यक्ष निरज बिष्ट, क्लबका कार्यसमिति सदस्य खडक शाह लगायतको उपस्थिती थियो । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP