• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
खेलपाटी संवाददाता
बुधबार, जेठ १७, २०८० खेलपाटी संवाददाता
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु

पोखरा । पोखरामा बुधबारबाट खेल पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन् ।

kamana bank
clasic tec

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले पोखरामा क्रिकेट रंगशाला निर्माण गर्नेदेखि प्रदेशमा गर्ने केही कार्यक्रमको बारेमा उनले बेलिविस्तार लगाइन् । मन्त्रालय सम्हालेको बल्ल १६ दिनमात्र भएकोले कतिपय कुराको बारेमा जानकारी लिनेक्रममानै रहेको उनको भनाई थियो ।

नेपाल  खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, मञ्चका उपाध्यक्ष एवं तालिम संयोजक सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले पत्रकारिता क्षेत्रका विविध विषयमा बोलेका थिए ।

गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुने मञ्चले जनाएको छ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक पत्रकारको समेत सहभागिता रहेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना भएको तालिमको पहिलो दिन भलिवल खेलको बारेमा पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालले सहजीकरण गरें । कास्की जिल्ला भलिवल संघका उपाध्यक्ष रहेका लम्साल गण्डकी विश्वविद्यालयमा व्याचलर डिग्री स्पोर्ट्स मेनेजमेन्ट कोर्ष अध्यनरत रहेका छन् । उनले भलिवल खेलको बारेमा जानकारी दिँदै रिपोटिङका क्रममा अपनाउनुपर्ने सावधानीका बारेमा औल्याए ।

तालिमको प्रमुख प्रशिक्षक रहेका आइसिसिका एम्पायर दुर्गा नाथ सुवेदी देवेन्द्रदले बिहिबार क्रिकेट खेलको रिपोटिङको बारेमा सहजिकरण गर्नेछन् ।  नेपाल टेलिभिजनको समाचार प्रमुख रहेका सुवेदी नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष समेत हुन् । उनले क्रिकेटका अलावा समग्र खेल पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा अवगत गराउनेछन् ।

दोस्रो दिनमा नै टेनिसका भेट्रान खेलाडी तथा टेनिस प्रतियोगिताका निर्देशक राजन पौडेलले टेनिस खेलसँग सम्बन्धीत विषयमा सहजीकरण गर्नेछन् ।

तालिमको तेस्रो दिन शुक्रबार एनए कोर्ष गरेका फुटबल रेफ्री सन्तोष गुरुङ र सुशिल केसीले फुटबल खेलका बारेमा प्रशिक्षण गराउनेछन् । गुरुङ नेपाल फुटबल रेफ्री संघका सदस्य तथा केसी कास्की जिल्ला रेफ्री संघका अध्यक्ष हुन् ।  तालिममा ७० जनाभन्दा बढी खेल पत्रकार सहभागी रहेको छ ।

पोखरा ट्रेड मल चिप्लेढुङ्गामा रहेको क्लासिक चुलोमा आयोजना गरिएको तालिममा पोखरा महानगरपालिकाले समेत सहयोग रहेको छ ।

त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो ।

हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
उपाधिका लागि भारत र पाकिस्तान भिड्दै
पदकको आश गरिएको पब्जीमा हार
पदकको आश गरिएको पब्जीमा हार
पोखरा थन्डर्सको मार्कीमा आयुश
पोखरा थन्डर्सको मार्कीमा आयुश
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
एनएसएलको अक्सन आज, १७९ खेलाडी लिलामीमा
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
रामोसको आत्मघाति गोलमा बार्सिलोनाको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP