• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
फुटबल प्रतियोगिता गर्न प्रदेश सरकारको एन्फासंग १० करोडको सम्झौता
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २८, २०७५ खेलपाटी संवाददाता
फुटबल प्रतियोगिता गर्न प्रदेश सरकारको एन्फासंग १० करोडको सम्झौता
फार्इल फाेटाे

काठमाडौं । प्रदेश नम्बर एक सरकारले दुई वटा फुटबल प्रतियोगिता आयोजना गर्न १० करोड रुपैयाँको उपलब्ध गराउने भएको छ । प्रदेश लिग र अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न प्रदेश नम्बर एक सरकारले अखिल नेपाल फुटबल संघ एन्फासंग ५ बर्षको सम्झौता गरेको छ ।

प्रदेश कप लिग फुटबल प्रतियोगिता र अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा प्रदेश एकका तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रदेश सरकारको सहकार्यमा सञ्चालन हुने मुख्यमन्त्री कप प्रदेश नम्बर एक लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले बार्षिक एक करोड रुपैयाँ उपलब्ध गराउनेछ । प्रदेश सरकारसंग ५ बर्षका लागि गरिएको सम्झौतामा प्रदेश एकका १४ जिल्ला फुटबल टिमले अनिवार्य सहभागिता जनाउनेछन् ।

लिगका शीर्ष दुई टिमलाई अन्तर प्रदेश कपमा सहभागि गराउने एन्फाले जनाएको छ । प्रतियोगिता आयोजना गर्न एन्फाले प्रदेश सरकारसंग परामर्श गरेर प्रदेश स्तरीय लिग कमिटि गठन गर्नेछ ।

यस्तै, प्रदेश सरकारको सहकार्यमा हुने अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले एन्फा र प्रदेश खेलकुद बोर्डको परामर्शमा मन्त्रिपरिषद्बाट गठित आयोजक समितिलाई एक करोड रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले एक करोड रुपैयाँ पाँच बर्षका लागि उपलब्ध गराउनेछ । प्रतियोगितामा प्रदेशका ७ उत्कृष्ट टिम, ए डिभिजनका शीर्ष ६ टोली र विदेशी आमन्त्रित तीन टिम समावेश गरेर बढीमा १६ टिम समावेश गरिनेछ ।

प्रदेश नम्बर एक सरकारले नेपाली फुटबल विकासमा गरेको लगानी घरेलु फुटबलका लागि कोशेढुङ्गा सावित हुने एन्फा प्रवक्ता किरण राई र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

हेर्नुस पत्र :

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP