काठमाडौं । सामाजिक कार्यमा समेत सक्रिय सहिद स्मारक 'बी' डिभिजन क्लब सातदोबाटो युथ क्लबले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
क्लबले विश्व एड्स दिवसको अवसर पारेर रक्तदान कार्यकम आयोजना गरेको जनाएको छ । कार्यक्रममा ५४ जनाले रक्तदान गरेको क्लबले जनाएको छ । यस्तै क्लबले दन्त शिविर तथा निशुल्क औषधि वितरण गरेको समेत जनाएको छ ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-0/p280x280/47386363_2214993118770062_8933821623979474944_n.jpg?_nc_cat=111&_nc_ht=scontent.fktm1-1.fna&oh=92f35dd4660ab0db21ccea0b9e4c3693&oe=5CB16B00)
ललितपुरको सातदोबाटोमा अवस्थित क्लब पछिल्लो समय फुटबल, क्रिकेट र ब्याडमिन्टन खेलमा सक्रिय रहेको छ ।
सातदोबाटो क्लब आगामी माघमा हुने 'बी' डिभिजन लिगको समेत तयारीमा रहेको छ ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-0/p280x280/47325059_778874272460780_4767763111329398784_n.jpg?_nc_cat=109&_nc_ht=scontent.fktm1-1.fna&oh=302497aa1c163c8310ace4a5ea1bda19&oe=5CA18C68)