काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै एन्फाले राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिेना र सदस्यहरु राजेश गुरुङ र इन्दिरा निरौलालाई बधाई तथा शुभकामना दिएको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष तिम्सिनाले नेपाली खेलकुद निकै जटिल अवस्थामा रहेको बताउँदै त्यसलाई बचाउने चुनौती आफुहरुसंग रहेको बताए । फुटबललाई अघि बढाउन आफ्नो कार्यकालमा थप सहयोग गर्ने प्रतिबद्वता उनले जनाए । राखेप सदस्य सचिव र एन्फा नेतृत्वसंग आफ्नो कुनै मतभेद नरहेको बताउँदै उनले खेलकुदमा आर्जन गरेको अनुभवलाई आगामी दिन लागु गर्ने उल्लेख गरे ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राखेपको नयाँ पदाधिकारीलाई स्वागत तथा बधाई दिन पाउदाँ खुसी लागेको बताए । उनले संघले खेलकुद क्षेत्रमा विशिष्ट पद लिने ब्यक्तिको सम्मान गरेर थप उर्जामुलक कार्यका लागि दबाब दिएको धारणा राखे ।
राखेपकी नवनियुक्त सदस्य इन्दिरा निरौलाले संघले गरेको सम्मानप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा काम गरेर देखाउने प्रतिबद्वता जनाएकी थिईन् ।