• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेपको बोर्ड सदस्यमा १५ जनाको प्रतिक्षा !
हिम बिक्रम केसी
शनिबार, साउन १७, २०७७ हिम बिक्रम केसी
राखेपको बोर्ड सदस्यमा १५ जनाको प्रतिक्षा !
राखेप उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई शपथ गराउँदै खेलकुद मन्त्री जगत विश्वकर्मा । फोटो : खेलपाटी

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बिहिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जनालाई मनोनित गरे ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्व्यनमा आएसंगै परिषद्को नयाँ बोर्ड बन्न लागेको छ । नयाँ ऐन अनुसारनै सरकारले परिषद्को उपाध्यक्षमा शिव कोईराला र सदस्य सचिवमा रमेश कुमार सिलवाललाई नियुक्त गरिसकेको छ ।

नयाँ ऐनले ३७ सदस्यीय बोर्डको कल्पना गरेको छ । परिषद्को बोर्डमा १३ जना पदेन सदस्यको रुपमा रहनेछन् । मन्त्रालयको सिफारिसमा सरकार अर्थात मन्त्रपरिषद्ले ११ जना मनोनयन गर्न पाउनेछ । परिषद्का अध्यक्ष समेत रहेका खेलकुद मन्त्रीले १२ जनालाई मनोनयन गर्न पाउने व्यवस्था नयाँ ऐनले गरेको छ ।

सुरुमा पदेन सदस्यका रुपमा बोर्ड आउनेहरुलाई हेरौ ।

खेलकुद मन्त्री अध्यक्ष रहने बोर्डमा मन्त्रालयका सचिव, खेलकुद महाशाखा प्रमुख, शिक्षा मन्त्रालयका सचिव वा निजले तोकेका सोही मन्त्रालयका सहसचिव तथा विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलकुद हेर्ने प्रमुख पदेन सदस्यका रुपमा रहनेछन् । त्यस्तै, सातवटै प्रदेशका खेलकुद विकाससंग सम्बन्धित प्रदेश स्तरको संस्थागत कार्यकारी प्रमुखलाई ऐनले बोर्डमा पदेन सदस्यको रुपमा राखेको छ । यसरी ९ जना पदेन सदस्यको रुपमा बोर्डमा आउनेछन् ।

अब सरकारले मनोनित गर्ने ११ जनाको बिषयमा चर्चा गरौ ।

नयाँ ऐनले ११ जनालाई मन्त्रालयको सिफारिसमा सरकारले अर्थात मन्त्रीपरिषद्ले मनोनयन गर्ने अधिकार दिएको छ । जसमध्य उपाध्यक्ष र सदस्य सचिव सरकारले नियुक्त गरिसकेको छ । अब ३ महिला सहित ९ जना सदस्य मन्त्रीपरिषद्ले नियुक्त गर्न बाँकी छ । तर यसका लागि ऐनले समावेशीताको आधारलाई अवलम्बन गरेको छ ।

अब सरकारले मनोनित गर्न बाँकी ९ जनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्य सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरि महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराउनुपर्नेछ । यसरी मनोनित गर्दा कम्तिमा ५० प्रतिशत पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी हुनुपर्ने बाध्यकारी ब्यवस्था ऐनले गरेको छ ।

अब खेलकुद मन्त्रीले परिषद्को अध्यक्षमा मनोनित गर्ने १२ जनाको चर्चा गरौ ।

परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले परम्परागत साहसिक तथा पर्यटकीइ खेल क्षेत्रबाट एक जना, उधोग बाणिज्य महासंघको सिफारिसमा एक जना, ओलम्पिक तथा पारा ओलम्पिकबाट दुई जना, खेल संघको सिफारिसमा दुई महिला सहित पाँच जना, खेलकुद बिज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ बिज्ञबाट एक महिला सहित दुई जना र विश्वविद्यालयको खेलकुद विभाग प्रमुखमध्य एक जनालाई मनोनित गर्न पाउनेछन् । 

गत बिहिबार परिषद् अध्यक्षको रुपमा मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट गोबिन्द भट्टराई तथा खेलकुद बिज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ बिज्ञबाट अनिवार्य एक महिलामा ईन्दिरा निरौला सहित रिम रानाभाटलाई मनोनयन गरिसकेका छन् । यस्तै, खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरिसकेका छन् ।

अब मन्त्रीसंग मनोनयनका लागि ६ जनाको कोटा बाँकी छ ।

मन्त्री विश्वकर्माले अब विश्व विद्यालयको खेलकुद विभाग प्रमुखबाट एक जना, उधोग बाणिज्य महासंघको सिफारिसमा एक जना, ओलम्पिक र पारा ओलम्पिकको सिफारिसमा दुई जना तथा खेल संघको सिफारिसमा दुई जना महिला सदस्य मनोनित गर्न बाँकी छ ।

यसरी अब परिषद्को बोर्डमा मन्त्रीपरिषद्ले मनोनयन गर्न ९ जना र मन्त्रीले मनोनयन गर्न ६ जना गरि जम्मा १५ सदस्यको कोटा खाली छ ।

सरकारले गठन गर्ने परिषद्को बोर्ड खेलकुदको नीति निर्माणमा मात्र केन्द्रित रहनेछ । सरकारले निर्णय कार्यान्वयनका लागि राखेप सदस्य सचिवको संयोजकत्वमा ७ सदस्यीय कार्यकारी समिति बनाउनेछ । परिषद्को बोर्डको बैठक बर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने व्यवस्था गरिएको छ । बोर्ड सदस्यको काम भनेको परिषद्को बैठकमा भाग लिने र अध्यक्ष र परिषद्ले तोकेको काम गर्ने उल्लेख छ । बोर्डमा आउने सदस्यको पदावधि चार बर्षको हुनेछ । परिषद्को संरक्षकमा प्रधानमन्त्री रहने व्यवस्था गरिएको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP