• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अन्तरक्रिया
खेलपाटी संवाददाता
बिहीबार, असार १८, २०७७ खेलपाटी संवाददाता
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अन्तरक्रिया

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।

कोरोना भाईरसको महामारीका कारण मञ्चले सामाजिक दुरी कायम गर्दै विहीबार मञ्चको केन्द्रीय कार्यलयमा ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोभिड–१९ को महामारीमा अधिकांश सञ्चारकर्मी आफ्नो रोजगारीबाट बन्चित हुनु परेको बताए ।

‘कतिपय सञ्चार गृहले कोभिडको बहानामा क्रियासिल पत्रकारलाई निकाल्ने काम गरेका छन् । अधिकांश पत्रकारको तलब भत्ता कटौती गरिएको छ । यस्तो अवस्थामा सञ्चार गृह र श्रमजीवी पत्रकार दुवै पक्ष बाँच्ने वातावरण बनाउन आवश्यक छ । सरकारले समेत अग्रपंक्तिमा काम गर्ने पत्रकारको समस्यालाई त्यति बुझेको छैन,’ बिष्टले भने ।

बिष्टले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विसम परिस्थितिमा आफ्नो पेशालाई जोगाउन सम्पूर्ण श्रमजीवी पत्रकारहरुले झनै सक्रिय भएर काम गर्नुपर्ने बताए ।

कोभिड–१९ को कारण देखाई सञ्चार संस्थाले पत्रकारमाथि अनावश्यक तनाव दिएको भन्दै महासंघले सबैको ध्यानाकर्षण गर्न सुक्रबार बबरमहलमा शान्तिपूर्ण आन्दोलन गर्न लागेको जानकारी पनि उनले दिए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले महामारीको समयमा खेलकुदसँगै समग्र पत्रकारितालाई अगाडी बढाउन ठूलो चुनौती पैदा भएको पनि बताए ।

‘सञ्चार क्षेत्रलाई अहिले आर्थिक संकट ठूलो छ । कोभिड पछि विज्ञापनमा आएको ह्रास हेर्दा कसरी चल्ने भन्ने अवस्था छ । सबैलाई रहन सक्ने गरी नयाँ सोच र पद्धति अपनाउन आवश्यक छ,’ बिष्टले भने ।

कार्यक्रममा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतिक प्रधानले कोभिड–१९ ले सबैभन्दा बढी असर खेलकुद पत्रकारितामा पारेको बताए ।

‘अहिले खेलकुद गतिविधि हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा पत्रकारहरुले आफुलाई जोगाईराख्न भर्चुअल खेलकुदका विषय, अनुसन्धान मुलक रेख रचना, विषय बस्तुको गहिराईमा पुगेर लेखन क्षमता बृद्धि गर्ने लगाय काम गर्न आवश्यक छ । कोभिडको महामारीले खेलपत्रकारलाई नयाँ विषय सृजना गर्ने मौका पनि दिएको छ,’ प्रधानले भने ।

उहाँले संकटको समयमा पत्रकारलाई निकाल्नु भन्दा एक छाक खाएर भएपनि सबै पक्ष मिलेर बाच्नु पर्ने बताए ।

बरिष्ट पत्रकार श्याम चित्रकार र राजु सिलवालले नेपाली खेलकुद पत्रकारिताले विगतको तुलनामा उल्लेख्य सफलता हात पारेको बताए ।

खेलकुद प्राविधिक र साहसिक विषय भएकोले यसमा रमेर काम गर्नुपर्ने उहाँहरुको भनाई थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) ले खेलकुद विटमा काम गर्ने मात्र १० जना पत्रकारले कोभिड–१९ को कारण रोजगारी गुमाउन बाध्य भएको बताए ।

एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कोरोनाको महामारीमा पनि खेलकुद पत्रकारहरुले कसरी हुन्छ समाचार उत्पादनमा आफुहरुलाई ब्यस्त बनाई रहेको बताए ।

सन् १९२४ मा पेरिस ओलम्पिक हुँदा जुलाई २ तारिखमा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएशन स्थापना गरिएको थियो । सोही दिनलाई विश्वभर विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाइँदै आएको छ ।

नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले जुलाई २ मा एनएसजेफ पल्सर स्पोर्टस अवार्डका साथै अन्य विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP