काठमाडौं । बंगलादेशमा आयोजना हुने ५ औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ जना यू-१७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
प्रतियोगिता मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुनेछ ।
नेपालका पुष्प राज यादव, ऋषि बहादुर कुमाल,सनिल गोर्खाली, विश्वराम कुँवर, काथ्रिन बसुकला, ब्रिटिशा सिल्पकार र सिमा श्रेष्ठले सहभागिता जनाउने छन् ।
![](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/318757621_3608094496084825_8708916964093274637_n.jpg?stp=cp6_dst-jpg&_nc_cat=109&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=il0H7G6L21EAX8U_Uba&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfCxC1rpqx4KRuzEClQ7J-p5z22-C2VFyporoaVOiSBFjw&oe=639611F6)