• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड दौड
  • गृहपृष्ठ
  • दौड
national life insurance ad
ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी
खेलपाटी संवाददाता
सोमबार, असार १३, २०७९ खेलपाटी संवाददाता
ट्रयाक एण्ड फिल्डमा चम्किदै जयरानी

काठमाडौं । दुई पटक राष्ट्रिय खेलकुद र राखेप च्याम्पियनसिप खेलिन् । तर, उनी गुमनाम रहिन् ।

तीन वर्ष अघि त्रिभुवन आर्मी क्लबमा आबद्द भईन् । अहिले उनलाई कीर्तिमानधारी खेलाडीको रुपमा चिनायो ।

kamana bank
clasic tec

उनी हुन्, एथलेटिक्सकी जयरानी थारु ।

नेपाल एथलेटिक्स संघले आयोजना गरेको ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले दुई राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाईन्  ।

दुई कीर्तिमानसहित कुल ४ स्वर्ण र एक रजत जितेकी उनी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भईन् ।

२१ वर्षकै उमेरमा ट्रयाक एण्ड फिल्डमा आफुलाई कीर्तिमानी पाउँदा को खुशी हुँदैन होला र ?

'प्रतियोगिता हुँदा र आफ्नो प्रदर्शनबाट धेरै खुशी लागेको छ । धेरै समयबाट ट्रेनिङ मात्र गरेको थिए,' जयरानी पनि खुशी देखिईन् ।  

May be an image of 2 people and people standing

बर्दिया घर भएकी जयरानी विद्यालयस्तरीय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड हुँदै ट्रयाक एण्ड फिल्डमा होमिएकी हुन् । तर, जयरानीको प्रदर्शन सहभागिता भन्दा माथि उठ्न सकेन ।

प्रतिभा र क्षमता देखेपछि आर्मी क्लबले २०७५ सालमा जयरानीलाई खेलाडी कोटामा भर्ना गर्यो । बल्ल जयरानीको प्रदर्शनले गति लिन थाल्यो । ४४ औं राष्ट्रिय एथलेटिक्समा जयरानीले आफुलाई प्रमाणित नै गरिन् ।

'स्कुल लेभलबाटै गेमहरु खेल्ने गर्थे । तर, ट्रेनिङ गराउने प्रशिक्षक र उपकरणहरु थिएन । त्यसैले गेम खासै राम्रो थिएन,' सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि जयरानीले भनिन्, 'आर्मीले मलाई खेलाडी कोटाबाट भर्ति गराएपछि त्यहाँको ट्रेनिङले अहिले रेकर्ड ब्रेक गर्ने मौका पाए ।'

जयरानीले १ सय मिटर र ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान बनाईन । यस्तै महिला लङजम्प र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जित्दा ४ गुणा ४०० मिटर महिला रिलेमा रजत पदक जितिन् ।

जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी हुन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो ।

४ सय मिटर हर्डल्समा जयरानीले १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाईन् ।

जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

राष्ट्रिय एथलेटिक्स : जयरानीको राष्ट्रिय कीर्तिमान

प्रतियोगिताको लागि राम्रो तयारी नगरेपनि स्वर्णको आशा जयरानीले गरेकी थिइन् । उनलाई कीर्तिमान बनाउछु भन्ने लागेको थिएन ।

'ट्रेनिङ खासै राम्रो थिएन अहिले हाम्रो । रेकर्ड बनाउछु भन्ने आश थिएन । स्वर्ण जित्छु भने आश थियो,' जयरानीले भनिन् ।

जयरानीले राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जितेकी हुन् ।  

जयरानीले पूर्वान्चलमा (प्रदेश-१) भएको सातौं राष्ट्रिय खेलकुद र प्रदेश ५ (लुम्बिनी प्रदेश) मा भएको आठौं राष्ट्रिय खेलकुदमा आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी थिइन् । यस्तै २०७४ को राखेप च्याम्पियनसिप खेलेकी थिइन् ।

May be an image of 6 people and people standing

२०७२ सालबाट एथलेटिक्स खेल्न थालेकी जयरानीलाई पछिल्लो समय केशरी चौधरीसँग तुलना गर्न थालिएको छ । तत्कालिन समय नेपाल पुलिसबाट खेल्ने केशरी दुबई पलायन भईसकेकी छिन् ।

तर, सातौं राष्ट्रिय खेलकुदमा केशरीसँग प्रतिस्पर्धा गरेकी जयरानी ट्रयाक एण्ड फिल्डमा केशरीको विरासतलाई तोड्ने योजनामा छिन् ।

'अहिलेको भन्दा राम्रो गर्ने लक्ष्य रहेको छ । तर, खेल नभएपछि ट्रेनिङ गरेको महत्व हुँदैन । यो इभेन्ट्समा प्राय गेम नै हुदैन । वर्ष वर्षमा भए खेलाडीको स्तर कस्तो छ भने थाहा हुन्छ,' जयरानी भन्छिन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP