काठमाडौं । सोलुखुम्बुमा अन्तराष्ट्रिय स्तरको इन्डुरो रत्नाङ्गे माउन्टेन बाइक रेस प्रतियोगिता हुने भएको छ ।
सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशी र विदेशी माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा विश्वास आयोजकले ब्यक्त गरेको छ । फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटीबी स्कुलको ब्यबस्थापनमा आयोजना हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको हो ।
रत्नाङ्गे इन्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/340740183_748765986625343_368444255975645235_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=eaM4q6i9n28AX9yFkSm&_nc_ht=scontent.fktm3-1.fna&oh=03_AdTE0MtzcYTKGof9t7DX7sqG_QV2QYf69B4EJNuqCViYFg&oe=645F6DC9)